नेपाल यूएईसँग ३ विकेटले पराजित

नेपाल यूएईसँग ३ विकेटले पराजित



काठमाडौं । नेपाल आईसीसी एकदिवसीय विश्व कप छनोटअघिकाे अभ्यास खेलमा यूएईसँग ३ विकेट पराजित भएकाे छ ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको थियो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८/८ रनको योगदान गरे ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् ।

‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।