प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिकाे छलफल जारी

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिकाे छलफल जारी



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । २९ जनाले उजुरी दिएकोमा २३ जना सम्पर्कमा आएको समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुँदैछ । यसअघि वैशाख २५ मा बसेको संवैधानिक परिषद्‌को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका थिए ।