मनसुन नेपाल भित्रियो : महाशाखा

मनसुन नेपाल भित्रियो : महाशाखा



काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

अब नेपालका अन्य भूभागहरूमा भने क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।