संसदीय सुनुवाइ समितिको छलफलमा उजुरीकर्ता सहभागी

संसदीय सुनुवाइ समितिको छलफलमा उजुरीकर्ता सहभागी



काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु सहभागी भएका छन् । 

यसअघि बुधबार नै संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै छलफल बहिस्कार गरेका उजुरीकर्ताहरु समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि बैठकमा सहभागी भएका हुन् । 

समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि अधिवक्तासमेत रहेका युवराज कोइरालासहित उजुरीकर्ता छलफलमा सहभागी भएका हुन् । 

बुधबार उजुरीकर्तासँग छलफल गर्न लागेको समितिले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन् ।