वर्षा बाधक बनेपछि नेपाल र भारतले अंक बाँडे

वर्षा बाधक बनेपछि नेपाल र भारतले अंक बाँडे

नेपालको सेमिफाइनल सम्भावना कायमै



काठमाडौं । एसीसी महिला टी २० इमर्जिङ टिम्स एसिया कपअन्तर्गत बिहीबार हुने भनिएको नेपाल र भारत ए बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण खेलको टससमेत हुन नसकेपछि दुवै टिम अंक बाँड्न बाध्य भए । भारतसँगको खेल रद्द भई नेपालले एक अंक पाएपछि नेपालको सेमिफाइल पुग्ने सम्भावना कायमै रहेको छ ।

हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहीबार बिहान सवा ११ मा सुरु हुने तालिका रहेको थियो । तर लगातार वर्षा भएपछि खेल हुन सकेन ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तान ए सँग गुमाएको थियो । अब नेपालले हङकङसँग खेल्न बाँकी छ र १७ जूनमा नेपाल र हङकङबीच खेल हुनेछ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र हङकङ छन् ।

समूह बी मा मलेसिया, यूएई, बंगलोदश र श्रीलंका रहेका छन् । समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।