पतिको कुटपिटबाट वडा सदस्यको मृत्यु

पतिको कुटपिटबाट वडा सदस्यको मृत्यु



काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार पतिको कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

पति शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए ।

विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । कुटपिट गर्ने उनका पति शम्भु विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।