नेपाल फिलिपिन्ससँग १–० गाेलले पराजित

नेपाल फिलिपिन्ससँग १–० गाेलले पराजित



काठमाडौं । नेपाल फिलिपिन्सँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएकाे छ । आज बिहीवार फिलिपिन्सकाे रिजल मेमाेरियल मैदानमा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग १–० गाेलले पराजित भयाे ।

फिलिपिन्सका लागि खेलकाे ४९ औँ मिनेटमा जाभिएर गायोसोले गाेल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गाेल गर्न सकेन ।

भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेकाे हाे । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ ।

साफ च्याम्पियनशिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ ।