ओमानविरुद्ध कुशल भुर्तेलले बनाए शतक

ओमानविरुद्ध कुशल भुर्तेलले बनाए शतक



काठमाडौं । विश्वकप छनोटअघि भएको अभ्यास खेलमा ओमानविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक बनाएका छन् ।

२६८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले शतक बनाएका हुन् । उनले ९१ बलमा शतक पूरा गरे । कुशलकै उत्कृष्ट ब्याटिङमा नेपाल जिततर्फ अग्रसर भएको छ । कुशल १०१ रन बनाउँदा रिटायर्डआउट भएका छन् ।

नेपालको स्कोर २ विकेटको क्षतिमा १८७ रन छ । भीम सार्की ५५ रनमा खेलिरहेका छन् ।

जिम्बाब्वेमा असार ३ देखि २४ गतेसम्म विश्वकप छनोट प्रतियोगिता हुँदैछ । समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

असार ३ गते जिम्बाब्वेसँग खेल्दै विश्वकप छनोटको उद्घाटन गर्ने नेपालले त्यसपछि असार ५ गते अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्ने नेपालले समूह चरणतर्फ आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ ।