रायमाझी र खाँणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

रायमाझी र खाँणसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

महर्जन ५ लाख र गुरुङ १० लाख धरौटीमा रिहा



काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएको हो ।

आदेश अनुसार टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजालले केन्द्रीय कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।  यस्तै केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र  हरिभक्त महर्जन पनि केन्द्रित कारागारमा रहनेछन् ।