मधेश प्रदेश सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट



जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत छ ।

वितीय व्यवस्था तर्फ २० करोड अर्थात् ०.४५ प्रतिश छ ।