उद्यमी चलाउनेलाई मातृ शोक

उद्यमी चलाउनेलाई मातृ शोक


ग्लोब नेपाल
270
Shares

काठमाडौ । युवा उद्यमी एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सदस्य निराजनबहादुर चलाउनेलाई मातृ शोक परेको छ । चलाउनेको आमा उज्जली देवीको ८२ वर्षको उमेरमा जेठ ३२ गते काठमाडौ कपन स्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको पशुपति आर्यघाटमा सुक्रवार दाहसंस्कार सम्पन्न भएको छ । स्वर्गीय उजनी देवीलाई श्रद्धान्जली दिन राजनीतिक दलका नेता,उद्यमी व्यवसायी तथा आफन्तजन ठूलो संख्यामा पशुपति आर्यघाट पुगेका थिए । स्वर्गीय उज्जनी देवीका दुई छोरा र छ छोरी रहेका छन् ।