प्रधानमन्त्रीको रोहवरमा एनआरएनए विनोद कुंवर समूहसँग सहमति

प्रधानमन्त्रीको रोहवरमा एनआरएनए विनोद कुंवर समूहसँग सहमति


ग्लोब नेपाल
1.3k
Shares

लण्डन । पूर्वअध्यक्ष शेष घलेद्धारा गठित गैरआवासीय नेपाली संघको विनोद कुंवर समूह र एनआरएनएबीच एकता कामय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको उपस्थितिमा आइतवार वालुवाटारमा आयोजिक एक कार्यक्रमकाबीच भएको सहमतिमा सो समूहले पूर्वपदाधिकारीको हैसियत पाउने गरि समिति विघटन गरिएको हो ।

सहमतिपत्रमा संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र अर्को समूहबाट जानकी गुरुङले हस्ताक्षर गरेका छन् । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले सहमतिको संघभित्र उत्साह थपिएको बताए । उनले पछिल्लो सहमतिले ११ औं महाधिवेशन सहमतिमा हुने सुनिश्चित भएको बताए । उनले सहमतिलाई पूर्णरुपमा पालना गर्न सबै पक्षलाई सहयोगको लागि आग्रह गरे ।

सहमति पछि क्षेत्री र गुरुङले एक विज्ञप्ति जारी गर्दै १० औं महाधिवेशनपछि दुईतिर अलग अलग क्रियाकलाप र एक अर्कामा आरोप प्रत्यारोपण गर्दै हिँडेको एनआरएनए अन्ततः एक ठाउँमा आएको जनाएका छन् ।

विज्ञप्तिमा जसका लागि दुवै पक्षका नेतृत्वकर्ता वार्ता समितिहरूको मुख्य योगदान छ । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो तर्फबाट निकै भूमिका थियो । पूर्व अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा दुवै पक्षहरूबिच एकताको सहमति भएको छ । जसले गर्दा विभाजित भएको अभियान एक ठाउँमा आएको छ । यसले विदेशमा बस्ने नेपालीलाई खुसी बनाएको उल्लेख छ ।

एकताबद्ध बनाउनको लागि वर्तमान अध्यक्ष डा बर्दी केसी,अध्यक्ष विनोद कुँवर,वार्ता समितिका संयोजक जानकी गुरुङ र डिबी क्षेत्री तथा उपाध्यक्ष आरके शर्माको उपस्थिति भएको थियो । वार्ता समितिले विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि लागिपर्ने दुवै पक्षका पदाधिकारीहरू,पार्षदहरु, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षप्रति आभार प्रकट गरेको छ ।