जिम्बाबेविरुद्ध नेपालको ५० रन पूरा

जिम्बाबेविरुद्ध नेपालको ५० रन पूरा



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै क्रिजमा छन् । अहिलेसम्म कुशलले ६ चौका र आसिफले एक चौका प्रहार गरेका छन् । हालसम्म नेपालले ४‍.१६ को रनरेटमा रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।