भोलिदेखि काठमाडौं महानगरमा हिन्दी फिल्म प्रदर्शन रोक्न मेयर बालेनकाे निर्देशन

भोलिदेखि काठमाडौं महानगरमा हिन्दी फिल्म प्रदर्शन रोक्न मेयर बालेनकाे निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र आदिपुरुष फिल्म राष्ट्रहित विपरित भएकाले प्रदर्शनीमा रोक लगाउन निर्णय गरेका छौं । देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्न सक्छ । चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि सोमबारदेखि निषेध गरिएको छ ।’

बालेनले यसअघि दक्षिण भारतीय फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नहटाए हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।