बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् । गएराति आएको बाढीपहिरोका कारण कोशी प्रदेशका पहाडी जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंक, राष्ट्रसेवक कर्मचारी निर्देशन दिएका छन् ।