एनआरएनए युएइमा अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा

एनआरएनए युएइमा अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा


ग्लोब नेपाल
162
Shares

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएइले अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा गरेको छ । गत आइतबार राष्ट्रिय समन्वय परिषद बैठकले निर्वाचन समिति गठन गरेको हो । आगामी २०२३–२५ कार्यकालको निर्वाचनका लागि निर्वाचन समितिको संयोजकमा संघका पूर्वअध्यक्ष रमेश श्रेष्ठलाई नियुक्ति गरेको छ । समितिका अन्य सदस्यमा पूर्वअध्यक्ष सुदीप कार्की र पूर्वमहासचिव कृष्ण पौडेल रहेका छन् ।

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तांतरण गरेका छन । गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ढुङ्गानाले एनसीसी बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको बताए ।

संघका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितिको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।