ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माणकाे काम सुरु

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माणकाे काम सुरु



काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माणकाे काम सुरु गरिएकाे छ । आइतवार आएकाे बाढीले पुल बगाएकाे ठाउँमा आजदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो ।

बेलीब्रिजको निर्माणकाे काम धमाधम सुरु गरिएकाे मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुगिसकेको उनले बताए । ‘केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ’, पोखरेलले भने ।

आइतवारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समेत समस्या भएको छ ।

सोमवार हिजाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको अवलाेकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।