विश्वकप छनोट : अमेरिकाविरुद्ध भीमको अर्धशतक

विश्वकप छनोट : अमेरिकाविरुद्ध भीमको अर्धशतक



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ९७ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो तेस्रो अर्धशतक हो ।

नेपालबाट हाल क्रिजमा भीमलाई साथ दिइरहेका दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलिरहेका छन् । नेपालले अहिले ३७ ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको छ । नेपाललाई जितका लागि अब १३ ओभरमा ४५ रनको आवश्यकता छ ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।