बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएकाे छ ।

मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।