कोलम्बियासँग जर्मनीको हार

कोलम्बियासँग जर्मनीको हार



काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई कोलम्बियाले हराएको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको ५४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा जुआन काउड्राडोले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई २-० को जित दिलाए ।

मैत्रीपूर्ण खेलमै उरुग्वेले क्युबालाई २-० ले नै हराएको छ ।