विश्वकप छनोट प्रतियोगितामा अहिले दुई खेल जारी

विश्वकप छनोट प्रतियोगितामा अहिले दुई खेल जारी



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज दुई खेल भइरहेकाे छ ।

प्रतियोगिताको चौथो दिन समूह बी का दुई खेलहरु भइरहेकाे हाे । प्रतियोगिताको सातौं खेलमा आयरल्यान्ड र स्कटल्यान्ड खेलिरहेका छन् । पहिलो खेलमा ओमानसँगको हारलाई बिर्सिएर आयरल्यान्ड जितको खोजिमा रहनेछ ।

पहिलो खेल खेल्दै गरेको स्कटल्यान्ड जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । आयरल्यान्ड र स्कटल्यान्डको खेल बुलायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा अहिले जारी छ ।

अर्को खेल ओमानले युएईसँग खेलिरहेकाे छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा अहिले भइरहेकाे छ । ओमानले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

ओमानले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पहिलो भेटमा नै हराएर ईतिहास बनाएको थियो । आजको खेलमा युएईलाई हराएर सुपर सिक्सको सम्भावना बलियो बनाउने सोचमा ओमान रहेको छ ।

युएई पहिलो खेलमा उपाधी दाबेदारमध्येको एक श्रीलंकासँग फराकिलो अन्तरमा पराजित भएको थियो । आजको खेलमा ओमानलाई पराजित गरि युएई सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको नेपाल तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ ।