वीरगञ्ज महानगरपालिकाको बजेट ३ अर्ब २१ करोड

वीरगञ्ज महानगरपालिकाको बजेट ३ अर्ब २१ करोड



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत रहेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोरिने बजेटमा उल्लेख छ ।

बजेटको पूर्णपाठ :