एनआरएनएद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

एनआरएनएद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान


ग्लोब नेपाल
756
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । एनआरएनए अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले प्रवासमा रहेका नेपाली लेखकहरुद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरु हुनुपर्ने स्पष्ट पारेको छ ।

कृति उपलब्ध गराउनुअघि संघले सन् २०२३ का लागि निम्न लिखित कुरामा ध्यानाकर्षण गराएको छ ।

१.गैरआवासीय नेपाली सङ्घको विधानले ‘गैरआवासीय नेपाली’ भनेर परिभाषित गरे बमोजिम प्रवासमा रहेका नेपाली लेखकहरुद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरु यस पुरस्कारका लागि योग्य हुनेछन् ।

२. यस वर्ष (सन् २०२३) को पुरस्कारका लागि वि.सं २०७९ सालभरिमा प्रकाशित कृतिहरुमात्र पुरस्कारका लागि समावेश गरिनेछन् ।

३. लेखक, प्रकाशक वा लेखकको स्वीकृतिमा शुभचिन्तक समेतले प्रकाशित कृति (तीन प्रति) पठाउन सक्नु हुनेछ ।

४. प्रकाशित कृतिहरु यसै वर्षको अगस्त महिनाको अन्त्यसम्म पुरस्कार व्यवस्थापन समितिमा प्राप्त हुने गरी निम्न ठेगानाहरुमध्ये कुनै एकमा पठाइसक्नु पर्नेछ । समिति आफैंले पनि कृतिहरु सङ्कलन गर्न सक्नेछ ।

५. पुरस्कृत कृतिको घोषणा सेप्टेम्बर महिनामा र पुरस्कार समर्पण अक्टोबर महिनामा गरिनेछ ।

एनआरएनएले ले नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा दिँदै उहाँहरुको योगदानको कदर गर्नका लागि सन् २०२१ देखि प्रत्येक वर्ष दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्दै आइरहेको छ ।