वेष्ट इण्डिजविरुद्ध नेपालले पहिला फिल्डङ गर्दै

वेष्ट इण्डिजविरुद्ध नेपालले पहिला फिल्डङ गर्दै



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेकाे छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

भरखरै सुरु भएकाे खेलमा वेष्ट इन्डिजले ब्याटिङ गरिरहेकाे छ । आजको खेलमा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो । ५ असारमा दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेपाल टिम

आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।