नेपाललाई दोस्रो सफलता, गुलसनद्वारा जोनसन आउट

नेपाललाई दोस्रो सफलता, गुलसनद्वारा जोनसन आउट



काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालका लागि तीव्र गतिका बलर गुलसन झाले दोस्रो विकेट लिएका हुन् । गुलसनले नेपालको चौथो ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई आउट गराएका हुन् ।

झाले आफ्नो पहिलो ओभरको पहिलो बलमा चाल्र्सको विकेट लिएका हुन् । क्रिजमा अहिले ब्रेन्डन किंग र कप्तान शेई होप रहेका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका थिए ।