नेपाललाई तेस्रो सफलता, सन्दीपद्वारा किंग आउट

नेपाललाई तेस्रो सफलता, सन्दीपद्वारा किंग आउट



काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ । नेपालका लागि सन्दीप लामिछानेले ब्रान्डन किंगको विकेट लिएका हुन् ।

सन्दीपले नेपालको १५ दशमलब ३ ओभरमा किंगलाई आउट गराएका हुन् । सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन् । करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए ।

गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए ।

वेस्ट इन्डिजले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको छ ।