धादिङ । पृथ्वी राजमार्गमा पर्ने गल्छीमा भारतीय नम्बर प्लेटको यात्रुवाहक बस पल्टिंदा एक जना बालकको मृत्यु भएको छ । दूर्घटनामा परी अन्य २८ भन्दा धेरै यात्रुहरु घाईते भएका छन् ।
काठमाण्डौबाट भारतको राजस्थानतर्फ हिंडेको एआर ०६ ई ७०३१ नम्वरको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस गल्छी गाउँपालिकास्थित वडा नम्वर ७ को माथिल्लो गल्छीमा सडकमा पल्टिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार घाईतेहरु उद्दार भईरहेको छ । प्रहरीका अनुसार दूर्घटनामा परी गम्भिर धाईतेलाई उपचारका लागि लैजाँदै गर्दा बालकको मृत्यु भएको हो ।
अन्य घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको जिल्लाप्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिए ।
प्रतिक्रिया