गोरखामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु, १२ घाइते

गोरखामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु, १२ घाइते



गोरखा । गोरखाकाे सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाट वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखले जानकारी दिएकाे छ ।

दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । जिप दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।