नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले यसरी गर्दैछ तयारी (फोटोफिचर)

नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले यसरी गर्दैछ तयारी (फोटोफिचर)



काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले भोलि शनिवार नेदरल्याण्ड्ससँग खेल्दैछ ।

सुपर सिक्समा पुग्नको लागि नेपालले भोलिको खेलमा नेदरल्याण्ड्सलाई हराउनैपर्नेछ । नेपालले भोलि नेदरल्याण्ड्सलाई हराएर मात्रै पुग्नेछैन, अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् ।

नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ, ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छन् । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । भोलि नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले आज जिम्बावेमा पर्याप्त तयारी गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।