जलहरी जाँच्न पशुपतिनाथ पुग्याे अख्तियारको टोली

जलहरी जाँच्न पशुपतिनाथ पुग्याे अख्तियारको टोली



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि पशुपतिनाथ मन्दिरमा पुगेको छ । जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे/नरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।