भाषापरीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै प्रदर्शन

भाषापरीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै प्रदर्शन



काठमाडौं । एक कार्यकाल पुरा गरी कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।

परीक्षा पास गरेकाहरूलाई सरकारले रोजगारीका लागि कोरिया नपठाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । नेपाल इपीएस सेन्टर ग्वार्कोको कार्यालय अगाडि आइतबार एक हजारभन्दा बढीले धर्ना दिएका हुन् ।

उनीहरूले आज कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् । नयाँसँगै भाषा परीक्षा पास गरेको भएपनि नपठाएको भन्दै विरोध जनाएका हुन् । आफूहरूका माग पुरा नगरे सडक आन्दोलनमा उत्रिने उनीले बताएका छन् ।

प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।