पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै

पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै



काठमाडौं । पशुपतिनाथको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार जलहरी निकालेको हो ।

आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको मात्रा नाप तौल गर्न जलहरी निकालेको हो । जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

जलहरी राख्न १०३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।