पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । सोमबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

कोषको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ढकालमाथि आरोप छ । सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिएको अख्तियारको जिकिर छ ।

उनको कुल सम्पत्ति सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ रहेको र उक्त रकममा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ । सोही रकमबराबरको बिगो दाबी गरिएको हो ।

ढकालविरुद्ध तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गर्न अख्तियारले माग गरेको छ ।

अख्तियारले जारी गरेको विज्ञप्ति :