अनलाइन जुवा खेलाउने आरोपमा चारजना पक्राउ

अनलाइन जुवा खेलाउने आरोपमा चारजना पक्राउ



काठमाडौं । प्रहरीले अनलाइनमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट राजा चौधरी नाम गरेका व्यक्तिसहित चारजनालाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न अनलाइन क्यासिनो खेलहरूले खेलाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको सिमरा–९ का २४ वर्षीय राजा चौधरीसहित सिमरा–८ का २५ वर्षीय विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ की २४ वर्षीया आशा गुरुङ रहेका छन् ।

आफूले लाभ लिने उद्देश्यले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।