आरजु राणा जापान प्रस्थान

आरजु राणा जापान प्रस्थान



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी उनी सोमबार साँझ जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको बताइएकाे छ ।