काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी तथा कांग्रेस नेतृ राणा सिंगापुरबाट फर्केलगत्तै जापान प्रस्थान गरेकी हुन ।
सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले सो क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने । श्रीमान देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् ।
एक बर्ष अघि अर्थात् गत भदौंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी सोमवार जापान गएकी हुन् ।


प्रतिक्रिया