एनआरएनएको आइडियल बन्दै बेल्जियकी रुविना

एनआरएनएको आइडियल बन्दै बेल्जियकी रुविना


ग्लोब नेपाल
783
Shares

लण्डन । खुर्तुकेमा जम्मा भएको पैसाले उनी किताव किन्थिइन् । बेल्जियममा सामान्य काम गरेर जम्मा भएको पेन्स खुतुर्केमा हाल्ने बानी थियो उनको । विदेशमा रहे पनि मन भने नेपालमै थियो। सन् २०१३ मा १४ वर्षको उमेर बेल्जियम उत्रिएकी उनले १ दर्जन भाषा राम्रोसँग बुझ्छिन् । नेपाली, अंग्रेजी, हिन्दी, डच, फ्रेन्च र ल्याटिनमा पोख्त छिन् ।

गैरआवासीय नेपाली संघ(एनआरएनए) को अभियानमा दोस्रो पुस्ताको नेताका रुपमा उभिएकी २५ वर्षिय रुविना शर्माले एनआरएनए बेल्जियमको आगामी महिना हुने निर्वाचनमा महाचिवको उम्मेदवारी दिने तयारी गरेकी छिन् । उनी युवापुस्ताको आइडियल नेताको रुपमा उभिएकी छन् । खरो स्वभावकी रुविना अन्याय र अत्याचार देख्न र सुन्न चाहन्न ।

उनले बेल्जियमा भाषा सिके विज्ञान र गणितको अध्ययन शुरु गरिन् । शुरुमा उनलाई डाक्टर बन्ने रहर थियो । म्याग्दीमा जन्मिएकी शर्माको बाल्यकाल पर्वतको पाङ्गमा बित्यो । उनले आफ्नो मावली थलोलाई आफ्नै जन्मभूमि ठानिन् । बेल्जियमा जम्मा भएको खुतुर्केको पेनी साटेर श्री हिमालय मावि पाङमा किताव वितरण गर्थिन् । उनलाई सानैदेखि समाजमा केही गरौं भन्ने भाव आउँथ्यो । सामाजिक काममा सानैदेखि लगनशील शर्मालाई गैरआवासीय नेपाली संघ बेल्जियमार्फत सन् २०१७ देखि सामाजिक काममा लाग्ने प्रेरणा मिल्यो । गैरआवासीय नेपालीहरुको विश्व संजालमा जोडिन पाउँदा रुविना प्रफुल्ल भइन् ।

कार्यसमितिको सदस्यको रुपमा उनले गरेको कामको उच्च मूल्यांकन भयो । सिधै सचिवालयमा प्रमोशन भइन् । उनलाई गैरआवासीय नेपाली संघको अभियानमार्फत समाजको नयाँ पुस्तालाई केही गरौं भन्ने हुटहुटी छ । उनी पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई अवसरको अभियान लिएर गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनीसँग यसअघि सांग्रीला समाज बेल्जियम, लुम्बिनी कपिलबस्तु ग्लोवल अभियानलगायतका काम गरेको अनुभव छ ।

रुविनाले गैरआवासीय नेपाली अभियानमा युवाहरुको बढ्दो मागका कारण यो अभियानमा आफूले उम्मेदवारी अघि सारेको बताउँछिन्। उनी हाल बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रहेकी छन् । सो फेडेरशनको सदस्य एनआरएनए बेल्जियम समेत छ । उनले सोही फेडेरेशनमार्फत नेपाली संघसंस्थाहरुलाई सहयोग गर्दै आएकी छन् ।

उनले ठूला साना प्रोजेक्टको लागि प्रपोजल लेखेर स्थानीय निकायबाट नेपाल फेस्टिवल, तीजलगायतका नेपाली चाडपर्वहरुमा आर्थिक सहयोग संकलन गर्ने गरेको बताउँछिन् । उनले गैरआवासीय नेपाली संघ बेल्जियमको महासचिवमा जितेपछि २४ सै घण्टा बेल्जियमा हेप्ल्लाइन, कानूनी परार्मश सेवा, सदस्यता वितरणमा सहजिकरण गर्न फ्रि सदस्यता वितरण, प्रविधिमैत्री एनआरएनए, अनलाइन भोटिङ, संस्थाको वैठक प्रत्यक्ष प्रसारण गर्ने, नयाँ पुस्तालाई व्यवसायमा जोड्ने र विदेशभित्रिएकै कारणले खोसिएको नेपाली नागरिकताको निरन्तरताको लागि आवाज उठाउने योजना बनाएकी छन् ।

उनले महिला तथा युवाको लागि आफूसँग स्पष्ट भिजन भएको बताउँछिन । उनीहरुले युवाहरुलाई सो अभियानमा जोड्नको लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् । उनले कार्यसमितिका सदस्यहरुको गतिविधिलाई अभिलेखमा राखेर उनीहरुको सकृयता मापन गर्न सकिने बताइन् ।
उनले संघका सदस्यबाट प्राप्त आर्थिक सहयोगलाई नेपाली भाषा, संस्कृति, पर्यटन आदिको लागि खर्च गर्न सकिने तर्क गर्छिन् ।

उनीलाई कुनै पनि राजनीतिक दलको ट्याग लगाउन मन पदैन् तर बेल्जियको समाजमा उनलाई त्यो छुट छैन् । कहिन कही उनीमाथि ट्याग लाग्छ तर उनीको विचारमा राजनीतिक दलको हस्तक्षप गलत हो । शर्माले बेल्जियममा बायोटेक्नोलोजिमा व्याचलर डिग्री गर्दै छन् ।