ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा ६ जना पक्राउ

ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा ६ जना पक्राउ



काठमाडौं । ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएकाे हाे ।

यसअघि सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिनाकाे बारेमा फेरि अनुसन्धान सुरु गरेको हाे । याे घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।