साउदीको अमेरिकी दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदीको अमेरिकी दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चलेको छ । घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन ।

एजेन्सीका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो । बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे । त्यसै क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको साउदीन्युजले जनाएको छ ।

जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको मक्कास्थित प्रहरी प्रवक्ताले बताएका छन् । पक्का क्षेत्रको प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।