काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै छ ।
गत मंगलबार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षिकरणको रिट परेको थियो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोगमा उनीहरू माथि छानबिन गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरिएको छ ।
प्रतिक्रिया