पोखरा । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।
शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का स्थानीयसँग अन्तरक्रिया गरेका हुन् ।
स्थानीयसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
स्थानीयहरुले यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरे । अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।
प्रतिक्रिया