काठमाडौं । पप्पु कस्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई काठमाडौंस्थित बानेश्वर वृत्तको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । रौनियारविरुद्ध बाँके प्रहरीमा ठगीसम्बन्धी उजुरी परेको थियो ।
बाँके प्रहरीको आग्रहमा उनलाई काठमाडौंमा प्रक्राउ गरिएको हो । बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरका अनुसार उनलाई पक्राउका लागि काठमाडौं प्रहरीलाई अनुरोध गरिएको थियो ।
पूर्वसांसदसमेत रहेका रौनियारको निर्माण कम्पनी पप्पु कस्ट्रक्सन पुलको ठेक्का लिएर काम नसक्ने कम्पनीका रुपमा बद्नाम छ । सो कम्पनीलाई सरकारले कालो सूचीमा समेत राखेको छ । रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ ।
प्रतिक्रिया