नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरविरुद्ध जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रूपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।