साहित्यकार खरेलकाे अमेरिकामा निधन

साहित्यकार खरेलकाे अमेरिकामा निधन



झापा । झापाका साहित्यकार विजय खरेलको अमेरिकामा निधन भएकाे छ । टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएको हाे ।

उनी एक महिनाअघि मात्रै पारिवारिक भेटघाटका लागि पत्नीसहित अमेरिका पुगेका थिए ।

उनका विजयका निबन्धहरू(निबन्धहरू)२०६४, क्षितिजवारि क्षितिजपारि (काव्य)२०६५, बाटुली (पत्र काव्य) २०६६, इन्द्रकिल पहाडसँग (कविता सङ्ग्रह) २०६८, छोपिएका ताराहरू (जीवनीहरू) २०६९ प्रकाशित छन् ।

यस्तै विजयका कविता(कविता सङ्ग्रह)२०६९, सम्झनाका तरेली (निबन्ध)२०७३, रामसाइँलीहरू (कथा र नाटक)२०७४, अल्पिल्टा स्वरहरू(निबन्ध)२०७८, युगारम्भ (उपन्यास)२०७८, कपना र मुनाहरू(समीक्षा)२०७८, नेपाली झर्रा शब्दसङ्ग्रह(२०७९), युगारम्भ (उपन्यास) २०७९ लगायतका कृतिहरू पनि प्रकाशित छन् ।