टेष्ट राष्ट्रविरुद्ध गुल्शनको आक्रमक अर्धशतक

टेष्ट राष्ट्रविरुद्ध गुल्शनको आक्रमक अर्धशतक



काठमाडौं । आइसीसी विश्वकप क्रिकेटको छनोट अन्तरगत आयरल्याण्डविरुद्ध नेपालका १७ वर्षे खेलाडी गुल्शनकुमार झाले आक्रमक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन् ।

जिम्बावेमा भइरहेका सातौं स्थानको प्रतिस्पर्धामा टेष्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले नटआउट ५७ रनको अर्धशतकिय पारी खेले ।

४२ बलको सामना गरेका उनले ४ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाएका हुन् ।

लगातार रुपमा विकेट पतन हुँदा सातौं विकेटका लागि मैदान प्रवेश गरेका उनले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटका लागि ८० रनको पारी खेलेका थिए ।