बेपत्ता र सत्य निरूपण आयोगको समयावधि पुस मसान्तसम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

बेपत्ता र सत्य निरूपण आयोगको समयावधि पुस मसान्तसम्म थप्ने मन्त्रिपरिषद्को निर्णय


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्ने निर्णय भयो,” शर्माले भनिन् ।

घनश्याम उपाध्याय सचिवमा बढुवा
सरकारलेसहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । कार्य सम्पादनका आधारमा सरकारले उपाध्यायलाई बढुवा गरेको उनले बताए । यससँगै प्रशासनतर्फ कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बनेका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।