काठमाडौं । सातौं स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध पाँचौं विकेट गुमाएको छ । ६० रन बनाएर खतरनाक देखिएका ह्यारी टेक्टरलाई सन्दीप लामिछानेले आफ्नो सिकार बनाएका हुन् ।
२६ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ५ विकेटको क्षतिमा १३४ रन बनाएको छ ।
यसअघि करण केसीले ओपनर एन्डि म्याकबर्नीलाई १७ रनमा आउट गराएका थिए ।
आफ्नो ओडिआई करियरको पहिलो सफलता लिएका किशोर महतोले कप्तान एन्डि बालबर्नीलाई आउट गराएका थिए । आयरल्यान्डले अहिले २६ ओभरमा ५ विकेट गुमाएर१ सय ३४ रन बनाएको छ ।
आयरल्यान्ड नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याईरहेको छ ।
त्यसअघि हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।


प्रतिक्रिया