हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत

हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत



विराटनगर । आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतको यो आदेशसँगै हर्क साम्पाङले धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने बाटो खुलेको छ । साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङलाई बोर्डको अध्यक्षकै रुपमा काम गर्ने बाटो खोलिदिएको हो ।