शरद गौचन हत्या अभियुक्त बस्नेतलाई जन्मकैदको फैसला

शरद गौचन हत्या अभियुक्त बस्नेतलाई जन्मकैदको फैसला


ग्लोब नेपाल
81
Shares

काठमाडौं । तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या अभियुक्त समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाएको छ ।

यस्तै, लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सुनाइएको छ भने समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ । २०७४ असोज २३ गते गौचनको काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ प्रयागचोकमा दिउँसै गोली हानी हत्या गरिएको थियो ।