कांग्रेस जिल्ला सभापतिहरूलाई आजबाट सूचना प्रविधि प्रशिक्षण

कांग्रेस जिल्ला सभापतिहरूलाई आजबाट सूचना प्रविधि प्रशिक्षण


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आजबाट ७७ जिल्ला सभापतिहरूलाई सूचना प्रविधि प्रशिक्षण दिन लागेको छ । प्रशिक्षणमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे प्रशिक्षण र छलफल हुने पार्टी कार्यालयले जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेबाट प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षण कार्यक्रममा आईटी विज्ञ इञ्जिनियर दिपेश विष्टले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षण आज र भोलि शुक्रबारसम्म चल्नेछ ।

जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको थियो ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।